शिवपुरी अध्यक्ष कप फूटबलको उपाधी विदुरले जित्यो



नुवाकोट,चैत २५ । शिवपुरी गाउँपालिकाको आयोजनामा भएको ‘प्रथम शिवपुरी अध्यक्ष कप फूटबल प्रतियोगिता’को उपाधी विदुर नगरपालिकाले हात पारेको छ ।

केही समय अघि सम्पन्न ‘नुवाकोट जिल्ला स्तरीय पहिलो शिवपुरी अध्यक्ष कप प्रतियोगिता’मा विदुर प्रथम भएको हो भने घरेलु टीम शिवपुरी गाउँपालिका दोश्रो स्थानमा चित्त बुझाएको छ । आज बुधबार सम्पन्न ‘प्रथम अध्यक्ष कप फूटबल प्रतियोगिता’ मा प्रथम हुदै विदुरले उपाधी हात लगाउन सफल भएको हो ।

बुधबार विदुर नगरपालिका र शिवपुरी गाउँपालिका बीच फाइनल खेल भएको थियो । विदुरले घरेलु टीम शिवपुरीलाई ४ गोल गर्दै विजयी हासिल गर्दै उपाधी जित्न सफल भएको हो ।

विदुर नगरका मेयर सन्जु पण्डितका साथ तस्वीर खिचाउदै खेलाडी टीम

खेलको १६ मिनेटमा विदुर नगरपालिकाका जर्सी नम्बर ११ का आकाश रानामगरले पहिलो हाफमा दुई गोल गोल गरेका थिए भने उनै खेलाडी मगरले दोस्रो हाफ अन्तर्गत ४८ औ मिनेटमा तेस्रो र ५८ औं मिनेटमा चौथो गोल गरी म्यान अफ द म्याच बन्न सफल भएका थिए। शिवपुरीका तर्फबाट जर्सी नम्बर ७ का खेलाडी आशिष थापाले खेलको ४३ औं मिनेटमा १ गोल गरेका थिए।

यही चैत १८ गतेदेखि भएको प्रतियोगितामा सामेल भइ प्रथम हुने विदुर नगरपालिकाका खेलाडी समूहले प्रमाणपत्रसहित ६ लाख,दोस्रो हुनेलाई घरेलु टीम शिवपुरी गाउँपालिकाले ४ लाख प्राप्त गरेको छ।
तेस्रो हुने समूह किस्पाङले २ लाख जितेको छ ।

प्रतिक्रिया दिनुहोस्