नयाँ वर्षको अवसरमा नुवाकोट सुर्यचौरमा रेस्लरको महाभिडन्त



नुवाकोट,चैत २७ । नयाँ वर्ष २०७८ को अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा रेस्लिङ खेलको महाभिडन्त हुने भएको छ।

राजधानी काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान दिलाउन सो खेलकुदको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

नयाँ वर्षका दिन दिउँसो २ बजेदेखि सुरु हुने रेस्लिङ भिडन्तमा हेभ्भी वैट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टानको रोमाञ्चक भिडन्त हेर्न सकिनेछ,लाइट हेभ्भी तर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे हिरो भिड्नेछन्। त्यस्तै महिला भिडन्त अन्तर्गत तानु,दिलसा र डेनिका,हार्ड केयर प्रतियोगिता अन्तर्गत दि युब र थागु भिड्नेछन् । प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन् ।

कार्यक्रममा नेपाल रिङ रेस्लिङका महासचिव तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुवर्ण श्रेष्ठ,शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा,उपाध्यक्ष मन्जु केसी लगायत स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिति रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्