बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन



एजेन्सी,चैत २७ । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको  निधन भएको छ । त्यहाँको राजदरबार बकिङ्घमले फिलिपको ९९ वर्षको उमेरमा निधन भएको घोषणा गरेको हो ।

बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन्।’

गत महिना ड्यूक अफ एडिनबर अस्पतालमा एक महिना बसेर फिलिप  डिस्चार्ज भएका थिए। राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन् । उनीहरुका १० जना पनातिपनातिनी रहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रिन्स फिलिप ग्रीसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा जन्मिएका थिए। उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा हुन् ।  राजकुमार फिलिपले गद्धी सम्हाल्नु भन्दा पाँच वर्ष अगाडि राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए।

प्रतिक्रिया दिनुहोस्