नयाँ वर्षको अवसरमा सूर्यचौरमा रेस्लिङ महाभिडन्त



आइतबार भएको पत्रकार सम्मेलन कार्यक्रम

नुवाकोट,चैत २९ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त हुने भएको छ। आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा नेपालका चर्चित रेस्लर बीच भिडन्त हुने भएको हो।

प्रतियोगिता नेपाल रिङ रेसलिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सह आयोजना हुन लागेको हो । वैशाख १ गते दिउँसो २ बजेदेखि सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिडने छन । त्यस्तै लाइट हेभी तर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्। महिला तर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोर तर्फ द युब र थागु भिड्नेछन् । प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन् भने कमेन्टर होस्ट जीवन तामाङले गर्नेछन् ।

आईतबार आयोजकले आयोजनास्थल सुर्यचौरमा पत्रकार सम्मेलन गर्दै नेपाल रिङ रेसलिङ प्रतियोगिताको बारेमा जानकारी समेत गराएको छ । कार्यकंममा संघकी महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङ(नुवाकोटे टागर) लगायात शिवपुरी गाउँपालिकाका अध्यक्ष राम कृष्ण थापा,वडा नम्बर ६ का अध्यक्ष लालबहादुर तामाङसहित अन्य जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

राजधानी काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान दिलाउन नेपाल रिङ्ग रेस्लिङ्ग संघ को आयोजना, गाउँपालिकाको सह आयोजना र राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद वाग्मती प्रदेश को सहयोगमा उक्त प्रतियोगिता गर्न लागीएको संघले जनाएको छ। प्रतियोगितामा १६ खेलाडीहरुले ५ वटा समुहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्