सुर्यचौर रिङ रेस्लिङको उपाधी शिवपुरीका रेस्लर नुवाकोटे टाइगर र साइनको कब्जामा [भिडियो]



तस्वीर:प्रतिस्पर्धीलाई पछार्दै नुवाकोटे टाइगर

नुवाकोट,वैशाख १ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा भएको रिङ रेस्लिङको उपाधी शिवपुरीका रेस्लर नुवाकोटे टाइगर र साइनले कब्जा जमाएका छन् । आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा नेपालका चर्चित रेस्लर बीच भएको प्रतिस्पर्धामा नुवाकोट शिवपुरी स्थायी घर भएका कमल लामा उर्फ नुवाकोटे टाइगर र प्रदीप पाण्डे उर्फ साइनले प्रतियोगिता अन्तर्गतको उपाधी हात पारेका हुन ।

सुर्य चौर प्रतियोगिता अन्तर्गत हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान बीच भएको महाभिडन्तमा चट्टानलाई पछार्दै टाइगरले विजय हासिल गरेका थिए । त्यस्तै लाइट हेभीतर्फ प्रतिस्पर्धी डेभिडलाई हराउदै साइनले जीत हासिल गरे।

प्रदीप पाण्डे उर्फ साइन जीतपछि दर्शकसामु खुसियाली साट्दै।

नेपाल रिङ रेस्लिङ संघको आयोजना तथा शिवपुरी गाउँपालिकाको सह आयोजनामा भएको प्रतिस्पर्धामा हलुका तौलमा एक्स हिरो र सिजे भिडेका थिए । महिला तर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त भएको थियो भने हार्ड कोर तर्फ द युब र थागु बीच कडा भिडन्त भएको थियो । युब र थागु बीच भएको कडा भिडन्तमा थागुले जीत हासिल गरेका थिए । प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाएका थिए भने कमेन्टर होस्ट जीवन तामाङले गरेका थिए ।

प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्रदान गरिएको थियो।

कार्यक्रम समापन समारोहमा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा,उपाध्यक्ष मन्जु केसी,लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ प्रदेश सभा सदस्य तथा खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तर्गतको महत्त्वपूर्ण रेस्लिङ हेर्नुस्

प्रतिक्रिया दिनुहोस्