भारतमा एकैदिनमा २ लाख कोरोना संक्रमित, एक हजार बढीको मृत्यु



एजेन्सी,वैशाख २ । भारतमा एकै दिन २ लाखको हाराहारीमा कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र त्यहाँ एक लाख ९९ हजार ५ सय ६९ जना नयाँ संक्रमित थपिएका हुन्।

भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या हालसम्मकै ज्यादा हो । बुधबार वैशाख १ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ८९९ पुगेको छ।

कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ। भारतमा हालसम्म १ करोड २४ लाख २६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् भने अब अब भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ५९२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १५२ पुगेको छ जसमध्ये पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्