विद्यालय कि बन्द वा सिफ्टमा चलाउन सरकारको आग्रह



काठमाडौं, वैशाख ३ । सरकारले कोरोनाको दोस्रो लहर फैलिएसंगै यसको जोखिमलाई मध्यनजर गर्दै सकभर सिकाई प्रणाली अनुसार अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

शुक्रबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा शैक्षिक जगतको पछिल्लो वस्तुस्थितिबारे समीक्षा गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । स्वास्थ्य सवेदनशीलतालाई ख्याल गरी थप सजगता अपनाउन आग्रह गर्दै स्थानीय तहको निर्णय बमोजिम संक्रमण फैलिएको वा जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा विद्यालयहरु बन्द वा तोकिएबमोजिम सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए ।

शिक्षण संस्थाहरु सञ्चालन गर्दा भीडभाड नहुने गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सिकाई कृयाकलाप सञ्चालनको व्यवस्था गर्न समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्