टोखा नगरका विद्यालयको वार्षिक परीक्षा २४ गतेसम्म सक्नुपर्ने (रुटिनसहित)



काठमाडौ,वैशाख ४ । टोखा नगरले नगर क्षेत्रका विद्यालयको वार्षिक परीक्षा यहि वैशाख २४ गतेसम्म सक्नुपर्ने सूचना जारी गरेको छ।

शुक्रबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले सेवा क्षेत्रका विद्यालयमा कोरोना संक्रमणदर फैलन नदिन यसो गर्न लागिएको बताइएको छ ।

नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको समेत उपस्तिथि रहेको उक्त बैठकले वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि २४ गतेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने उल्लेख छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक ८, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए । टोखाको संक्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने नगरले बताएको छ ।

वार्षिक परीक्षा तालिका हेर्नुस्

प्रतिक्रिया दिनुहोस्