पेट्रोलको मूल्य फेरि बढ्यो



काठमाडौं,वैशाख ४ । पेट्रोलको मूल्य फेरि बढेको छ।नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । मूल्य वृद्धिसंगै पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ कायम भएको छ ।

यसअघि गत चैत २२ गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्