नुवाकोट नेकपा माओवादी केन्द्र लिखुको वडा कमिटी विस्तार



नुवाकोट,वैशाख ४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लिखु गाउँपालिकाको वडा कमिटी विस्तार गरिएको छ। शनिबार एक कार्यक्रम बीच लिखु गाउँपालिका नम्बर ६ को वडा कमिटी विस्तार गरिएको हो।

माओवादी केन्द्र नुवाकोटका जिल्ला अध्यक्ष तथा वागमती प्रदेश सभासदस्य हिरानाथ खतिवडाको प्रमुख आतिथ्यतामा वडा कमिटी विस्तार गरिएको लिखुका युवा नेता सुमन भण्डारीले बताए ।

कार्यक्रममा जिल्ला पार्टी कार्यालय सदस्य तथा लिखु गाउँपालिका संगठनका कमिटी इन्चार्ज धर्मप्रसाद अधिकारी, पार्टी जिल्ला सदस्य धन बहादुर बिक ,लिखु गाउँपालिका संगठन कमिटीका सचीव विवेक ढकाल लगायत नेताहरूको उपस्थितीमा अगुवा कार्यकर्ता तथा पार्टी पदाधिकारीलाई प्रशिक्षण समेत प्रदान गरिएको थियोे ।

सो भेलाले लिखु गाउँपालिका वडा नम्बर ६ संगठन कमिटीको अध्यक्षमा महेन्द्र डंगोल, सचीवमा राम भण्डारीसहित ४१ सदस्यीय वडा कमिटी गठन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्