सुनको मूल्य ३ सयले बढ्यो



काठमाडौं, बैशाख ६ । नेपाली बजारमा सुनको मुल्य पछिल्लो दिनयता वृद्धि भैरहेको छ । सोमबार पनि प्रतितोला ३ सय रुपेयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । त्यस्तै, हिजो ९० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मुल्य भने आज स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्