मलेसियामाथि नेपालकाे सानदार जित



काठमाण्डाै,वैशाख ६ । सोमबार भएको त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ।मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायाे ।

नेपालका लागि कुशल भुर्तेलले ४१ बलमा ६१ रनकाे अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनकाे साझेदारी गरे । आशिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्र सिंहले ३ बलमा ६ रन जाेडे ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नाै रन बनाएकाे थियाे ।  मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए । मंगलबार नेपालले नेदरल्यान्डसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्