हावाहुरीले शिवपुरीका नमूना कृषक सन्तबहादुरको लाखौंको टनेलमा क्षति



क्षतिग्रस्त टनेल

नुवाकोट,वैशाख ६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का नमूना कृषक सन्तबहादुर डङोलको लाखौंको टनेलमा हावाहुरीले क्षति पुर्याएको छ।

शनिबार र आइतबार साँझ आएको हावाहुरीले कृषक डङोलको टनेल खेतीमा झण्डै ५ लाख बराबरको क्षति पुर्याएको कृषि प्राविधिक समेत रहेका कृषक डङोलका छोरा राजनकुमार डङोलले बताए।

हावाहुरीले प्लास्टिकको टनेलमा क्षति पुर्याएपछि २ रोपनी क्षेत्रफलमा फैलिएको सेमिहाइटेक टनेलसहित ५ ओटा टनेलमा लगाएको बेमौसमी जातका तरकारी पुर्णरुपमा नष्ट भएको छ। धेरैजसो गोलभेडा,धनिया,काक्रो जस्ता तरकारीजन्य बोटबिरुवा तथा फलफूल नष्ट भएको छ।

झण्डै दुई दशक यतादेखि सफल कृषि व्यवसायीका रुपमा जिल्लामा चर्चा कमाएका डङोलले कृषि जीवनमै सबैभन्दा नराम्रो क्षति व्यहोर्नुपरेको बताए।

प्रतिक्रिया दिनुहोस्