नयाँ हवाई भाडा लागू



काठमाडौं,वैशाख ७ । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ । वायुसेवा सञ्चालक संघले मंगलवार (आज)देखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

नेपाल आयल निगमले शनिवार रातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर रू. २ बढाउने निर्णय गरेको थियो । यसअघि प्रतिलिटर रू. ७४ रहेको इन्धनको मूल्य अहिले रू. ७६ पुगेको छ ।

संघले सोहीअनुसार मुलुकभरका विभिन्न सेक्टरमा हुने उडानका लागि इन्धन शुल्क तोकेको छ । संघले सोमवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी उडानमा भाडा रू. ८५ बढेको छ । काठमाडौंबाहेक बेस बनाई उडान गर्ने सेक्टर डोटी–साँफेबगर रू. १० ले बढेको छ । काठमाडौं–भैरहवा सेक्टर उडानको भाडा रू. ४५ ले बढेको छ । काठमाडौं–नेपालगञ्जको भाडा रू. ६५ ले बढेको छ । काठमाडौंं–विराटनगर सेक्टरमा रू. ५० ले यात्रु भाडा बढेको छ । काठमाडौंं–सिमरामा भने रू. १५ बढेको छ ।

पर्वतीय उडानको पनि भाडादर वृद्धि भएको छ । काठमाडौंबाट र पोखराबाट हुने उडानमा रू. ६५ भाडा बढेको छ ।

यसअघि चैत ६ गते संघले नयाँ भाडादर कायम गरेको थियो । त्यसबेला पनि हवाई इन्धनको मूल्य वृद्धि भएको भन्दै संघले विभिन्न १०० सेक्टरका उडानमा भाडा बढाएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्