मंगल ग्रहमा पहिलो पटक हेलिकप्टरको सफल उडान



एजेन्सी,वैशाख ७ । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकले पहिलो पटक मंगलग्रहमा हेलिकप्टर उडाएका छन् ।

नासाले सोमबार मंगल ग्रहमा हेलिकप्टरको सफल उडान गर्न सफल भएको हो । पृथ्वी बाहेकका ग्रहमा यसरी हेलिकप्टरको सफल उडान गरिएको यो नै पहिलो पटक हो । नासाले पठाएको अन्तरिक्ष यान पर्सिभरेन्सले लिएर गएको इन्जेन्युटी नामक सो हेलिकप्टर मंगल ग्रहमा ३९ सेकेन्ड उडेको नासाले बताएको छ । हेलिकप्टर १० फिटको उचाईसम्म उडेको भिडियो २ सय फिट पर रहेको पर्सिभरेन्सको क्यामेराले कैद गरेको थियो ।

मंगल ग्रहमा पहिलो पटक उडान सफल भएपछि बैज्ञानिकहरुमा खुशीयाली छाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

१.८ किलोग्राम तौल भएको हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको रोभरभित्र थियो ।

सफल उडान पश्चाते इन्जेन्युटीकी प्रोजेक्ट म्यानेजर मिमी आङले भनिन्–“अब हामी भन्न सक्छौं मानव जातिले अर्को ग्रहमा उडान गरिसक्यो । ”

प्रतिक्रिया दिनुहोस्