सुनको मूल्य घट्यो, तोलाको कति?



काठमाडौं, बैशाख ७ । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । हिजो तेजाबी सुन ९० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्