नारायणगढ-मुग्लिन खण्डको जलबीरे पुल तयार



चितवन,वैशाख ७ । नारायणगढ-मुग्लिन खण्डको जलबीरे पुल तयार भएको छ। ।गत वर्ष कोरोना संक्रमणबाट काम प्रभावित बनेको पुलको काम सकिएको ह । नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले एक(दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको जानकारी दिनु भयो । जलविरे मन्दिरसँगै जोडेर बनाइएको यो पुल निर्माण सम्पन्न भएपछि सडकको २ सय ६५ मिटर दुरी समेत छोटिएको छ। अहिले यो सडकको दूरी ३६ किलोमिटर छ ।

पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पुलमा तीनवटा स्पान छन् । मन्दिरको छेउछाउ सामान्य केही काम बाँकी छ । माडी अयोध्याका लागि भगवान राम(सीताका मूर्तिसहितको रथयात्राको टोलीलाई पहिलोपटक सो पुलबाट पास हुन दिने की भन्ने बारेमा समेत चर्चा भएको छ । जलबीरेको घुम्तीमाथि चर्चित जलबीरे झरना पर्दछ ।

अहिले सवारी हिँड्ने ठाउँमा झरना जानेहरुका लागि पार्किङ वा वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिन्छ । राजधानी काठमाडौँ प्रवेश र बाहिरिने प्रमुख सडक भएकाले यो सडकमा सवारी चाप उच्च छ । दैनिक १० हजार सवारी साधन आवतजावत गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्