भारतमा एकै दिन तीन लाख संक्रमित, २ हजार बढीको मृत्यु



एजेन्सी,वैशाख ८ । भारतमा कोरोनाले भयावह स्थिति खडा गरेको छ । बितेको २४ घण्टामा एकै दिन तीन लाख संक्रमित फेला परेका छन् भने २ हजार भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन। मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

भारतमा लगातार सातौ दिनसम्म दैनिक २ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको तथ्याकं छ ।
कोरोनाबाट अहिलेसम्म १ लाख ८२ हजार ५५३ जनामको मृत्यु भइसकेको छ, भने १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले अस्पतालहरुमा बेड र अक्सिजनको अभाव भएको छ भने थुप्रै संक्रमितको उपचार नपाएर ज्यान जान थालेको छ ।

भारतमा कोरोना बढे पछि बेलायत लगायतका कतिपय मुलुकले भारतीय नागरिकलाई प्रवेशमा रोक लगाएका छन् भने अमेरीका लगायतका मुलुकले भारत भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्