नेकपा एमाले पार्टी कार्यालय नुवाकोटमा दिनभर तनाव



नुवाकोट,वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले भित्रको विवादका कारण नुवाकोट पार्टी कार्यालयमा दिनभर तनाव देखिएको छ । 

माधवकुमार नेपाल समूहका नेताहरुले बोलाएको बैठक अर्को समूहले रोक्न खोजेपछि तनाव बढेको हो । केपी शर्मा ओली पक्षले पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएको थियो । तर, माधव समूहले ताला फुटाएर बैठक शुरु गरेका थिए । यसपछि पार्टी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । ‘एमाले केन्द्रकै विवाद यहाँ देखियो । सुरक्षाका लागि प्रहरी पठाइएको छ उनले भने । नुवाकोटमा माधव नेपाल समूहको बहुमत छ । जिल्ला पार्टी अध्यक्ष एवम् सांसद नारायण खतिवडा माधव समूहकै नेता हुन् । उनकै नेतृत्वमा त्यहाँ केहीबेर बैठक समेत बस्यो ।

तर, प्रहरीले बैठक रोक्न दबाव दिए पछि भने उनीहरु कार्यालयबाट बाहिरिएका छन् । प्रहरीले बैठक नराख्न दबाव बढाए पछि यो समूहका नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन् । ‘हाम्रो बैठक बस्ने वा नबस्ने भन्ने कुरा प्रहरीले भन्ने होइन । तर, दबाव बढाइए पछि हामी बाहिरिएको एमालेका एक जिल्ला बताए । सांसद समेत रहेका खतिवडा माधवकुमार नेपाल पक्षका नेता हुन्, भने ओली पक्षको जिल्ला अध्यक्षमा प्रदेश सांसद बद्री मैनाली रहेका छन ।

मैनालीले बुधवार एक बिज्ञप्ती जारी गर्दै केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल नेतृत्वमा रहेको पार्टी आधिकारीक नेकपा एमाले रहेको भन्दै पार्टिभित्र हुने हरेक कृयाकलापमा माथिल्लो कमिटी हुँदै तल्लो कमिटीमा भेला बैठकबारे सर्कुलर हुनुपर्ने भएकोले आजको बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्