घरमा सुतीरहेकी बालिकालाई बलात्कार गर्ने नुवाकोटको युवक पक्राउ



नुवाकोट,बैशाख १० । घरमा सुतीरहेकी बालिकालाई  बलात्कार गर्ने नुवाकोटको युवक पक्राउ परेका छन् । घरमा सुतिरहेकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा तार्केश्वर गाउँपालिका–३ सिवालय टोल बस्ने युवक दिलिप श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको बेला जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा पथप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्