गुल्मीमा अज्ञात समुहले ट्याक्टरमा आगो लगायो



गुल्मी,वैशाख ११ । जिल्लामा अज्ञात समुहले ट्याक्टरमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६ को चेक्मी स्थित पार्किङ्ग गरिराखेको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समुहबाट आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

पुष्पाञ्जलि निर्माण सेवाले भाडामा लिएर तीन हप्ता देखि बाटोमा काम गरिरहेको थियो । आगजानिबाट ट्याक्टर पुर्ण रूपमा क्षती भएको छ ।

आगजनी कसले गरेको भन्ने बारे खुलेको छैन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्