भारतमा भयावह बन्दै कोरोना, एकै दिन ३ लाख ५० हजार संक्रमित, २७ सय बढीको मृत्यु



काठमाण्डौं,वैशाख १२ । भारतमा कोरोना संक्रमणले भयावह रुप लिएको छ । बितेको २४ घण्टामा ३ लाख ५० हजार संक्रमित फेला परेको र २७ सय बढीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

निरन्तर कोरोना संक्रमण र मृत्यु बढ्दै जाँदा अस्पतालहरुमा अक्सिजनको अभाव भईरहेको छ भने घाटमा समेत लाश जलाउन लामो पालो कुर्नु पर्ने अवस्था आएको जनाईएको छ ।

भारतमा हाल सम्म कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको छ भने हाल सम्म कोरोनाले १ लाख ९२ हजार ३११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्