नुवाकोट शिवपुरीका सबै विद्यालय बुधबारदेखि बन्द



नुवाकोट,वैशाख १४ । जिल्लाको शिवपुरी गाउँपालिकाका सबै विद्यालय यहि वैशाख १५ गते बुधबारदेखि बन्द हुने भएको छ।

मंगलबार गाउँपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै विद्यालय बुधबारदेखि अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको हो।

सोमबार साँझ मन्त्रिपरिषद्ले बढ्दो कोरोना संक्रमण न्यूनीकरणका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्