सुनको मूल्य घट्यो, तोलाको कति?



काठमाडौ,वैशाख १५ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाले घटेर प्रतितोला १३ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्