गण्डकी प्रदेशमा दिपक मनाङे बने मन्त्री, आजै सपथ खाँदै



काठमाडौं, वैशाख १६ । गण्डकी प्रदेशका सांसद दिपक मनाङे मन्त्रीका रूपमा नियुक्त भएका छन् । उनी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका हुन् ।

मन्त्री मनाङेले आज नै सपथ लिने कार्यक्रम तय भएको श्रोतले जनाएको छ । यसअघि मन्त्री बनाइने आश्वासन पाएपछि मनाङेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावको विपक्षमा उभिने निर्णय लिएका थिए ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङले पद जोगाउन मनाङेलाई मन्त्री नियुक्त गर्ने सम्झौता गरेको चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्