माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौ,वैशाख २१ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरे लगत्तै माओवादीले समर्थन फिर्ता लिएको हो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । 
 

प्रतिक्रिया दिनुहोस्