सम्बन्ध–विच्छेदपछि बिल गेट्सबाट अंश लिएकी मेलिन्डा पनि अर्बपतिको सूचीमा



एजेन्सी,वैशाख २३ । गत सोमबार विश्वकै चौथो धनाढ्य व्यक्ति बिल गेट्स र मेलिन्डा गेट्सबीच सम्बन्धविच्छेद भएको थियो । ६५ वर्षका बिल र ५६ वर्षकी मेलिन्डा दुवैले संयुक्त बयान जारी गर्दै आफूहरु २७ वर्षको वैवाहिक सम्बन्ध समाप्त गर्न राजी भएको जानकारी दिएका थि ए।

सम्बन्ध–विच्छेदपछि नै बिल गेट्सले मेलिन्डाले पाउनुपर्ने अंश दिएका छन् । फोर्ब्स म्यागेजिनका अनुसार मेलिन्डाले बिलको स्वामित्व रहेका कम्पनीबाट सेयरहरु प्राप्त गरेपछि उनी पनि अर्बपति बनेका हुन् । बिलले मेलिन्डालाई २.४ अर्ब अमेरिक डलर बराबरको सेयर ट्रान्सफर गरेको वालस्ट्रिट जर्नलले जनाएको छ । १३०.४ अर्ब सम्पत्तिका मालिक बिलले श्रीमतीलाई अंश दिँदा समेत उनी विश्वकै चौथो धनाढ्य व्यक्ति हुन् ।

फोर्ब्सका अनुसार सेयरहरु प्राप्त गरेसँगै अब मेलिन्डासँग कासकेड इन्भेस्टमेन्टमा १.८ अर्बको सेयर छ । यस्तै मेलिन्डाले अटोनेसनमा २.९४ मिलियन बराबरको सेयर, क्यानडाको रेलवे कर्पोरेसनको १४.१ मिलियन बराबरको सेयर प्राप्त गरेकी छिन् । जसको मूल्य क्रमश ३०९ मिलियन र १.५ अर्ब बिलियन डलर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्