बायर्न म्युनिखले जित्यो लगातार नवौं पटक बुण्डेसलिगाको उपाधि



एजेन्सी,वैशाख २६ । लगातार नवौं पटक बुण्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।

दोस्रो स्थानमा रहेको आरबी लेइपजिंग बोरुसिया डोर्टमण्डसँग ३-२ गोल अन्तरले पराजित भएपछि बायर्नले ३ खेल अगाडी नै बुण्डेसलिगाको उपाधि जितेको हो ।

आरबी लेइपजिंगको ३२ खेलमा ६४ अंक छ भने शिर्ष स्थानमा रहेको बायर्नको ३१ खेलमा ७१ अंक रहेको छ । बायर्न लेइपजिंगभन्दा ७ अंकले अगाडी रहेको छ । अब बायर्नको लिगमा ३ खेल खेल्न बाँकी छ भने लेइपजिंगको २ खेल खेल्न बाँकी रहेको छ ।

यससँगै बायर्न म्युनिखले २०१२-१३ सिजन देखि लगातार नवौ पटक बुण्डेसलिगाको उपाधि जितेको छ । योसँगै बायर्नले अहिलेसम्म ३० पटक बुण्डेसलिगाको उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्