प्रधानमन्त्री ओलीको वक्तव्य : पार्टी एकताको पक्षमा उभिन आह्वान



काठमाडौं,वैशाख २६। प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान वक्तव्य जारी गरेका छन् । ओलीले कसैलाई काखा र कसैलाई पाखा नलगाएको भन्दै आइतबार प्रेश वक्तव्य जारी गरेका हुन् ।

ओलीले मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरेका छन्। उनले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको बताएका छन् । उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्