सरकार बनाउन दावी गर्छौ : नेपाली कांग्रेस



काठमाडौं,वैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेबारे निर्णय लिएको छ । त्यसको लागि माओवादी केन्द्रले समर्थन गरिसकेको र जसपाले पनि अन्तिममा सहयोग गर्ने कांग्रेस नेताहरुले विश्वास लिएका छन् ।

सभापति देउवाको नेतृत्वमा सरकार बनाउनको लागि तोकिएको समयसिमाभित्र बहुमत पुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जनाए । कांग्रेसले तीन दल एक ठाउँमा नआए बहुमतको दाबी गर्ने अरु विकल्प पनि रहेको बताउँदै एमालेको माधवकुमार नेपाल पक्षसँग पनि छलफल भईरहेको साझा निष्कर्ष निकालेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्मको धारा ७६ को २ अनुसार सरकार गठनको लागि दलहरुलाई आह्वान गरेको भोलिपल्टै कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनेबारे निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्