फिलिपिन्समा ५,८ म्याग्नीच्यूडको भूकम्प गयो



एजेन्सी,वैशाख २९ । फिलिपिन्समा बुधबार बिहान भूकम्प गएको छ ।

फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा ५.८ म्याग्नीच्यूडको भूकम्प गएको फिलिपिन्सको भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्प त्यहाँको स्थानीय समय अनुसार बुधबार बिहान ९:०९ बजे गएको हो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

भूकम्पको धक्का मेट्रो मनिलामा अनुभव गरिएको थियो । भूकम्पबाट कुनै क्षती नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्