चीनीया यान पहिलो पटक मंगलग्रहमा अवतरण



एजेन्सी जेष्ठ १। चीनीया यान पहिलो पटक मंगलग्रहमा अवतरण गरिएको छ। चीनले पहिलो पटक मंगल ग्रहमा सफलतापूर्व यान अवतरण गरेको हो । चिनिया अन्तरिक्ष यान जुरोङ्गले गएराति सफतापूर्वक अवतरण गरेको चिनिया अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

सो यानले पृथ्वीको सतहबाट सात महिनाको यात्रा तथा तीन महिनासम्म चन्द्रमाको कक्षमा परिक्रमा गरेको थियो तब चिनिया रोवर मंगल ग्रहमा अवतरण भएको बताइएको छ । यसलाई अन्तरिक्ष अभियानमा चिनको अहिलेसम्मकै ठूलो सफलताको रुपमा हेरिएको छ ।

यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गराएर हेलिकप्टर समेत उडाएको थियो ।

प्रतिक्रिया दिनुहोस्