पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु



एजेन्सी,जेठ १ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाले ज्यान गुमाएका छन ।

अधिकारीहरुका अनुसार घटना पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा भएको हो । मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन् ।

घटना भएलगत्तै प्रहरीले उक्त स्थानमा पुगेर नहरमा डुबेका व्यक्तिहरुलाई बाहिर निकालेको थियो । प्रहरीका अनुसार एउटा परिवारका सदस्यहरु पञ्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किदै थिए ।

प्रतिक्रिया दिनुहोस्