वोल्भसमाथि टोटनह्यामको सहज जित



एजेन्सी,जेठ ३ । टोटनह्याम इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा विजयी भएको छ ।

टोटनह्यामले आइतबार सम्पन्न खेलमा वोल्भरहम्टनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

टोटनह्यामको जितमा ह्यारी केन र पिएर्रे एमिले होजजेर्गले एक एक गोल गरेका थिए । जितपछि टोटनह्यामको ३६ खेलमा ५९ अंक भएको छ र लिगको छैटौ स्थानमा उक्लिएको छ ।

वोल्भसको भने ३६ खेलपछि ४५ अंक रहेको छ र लिगमा १२औ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्