लिभरपुलको अब नयाँ ‘जर्सी’



एजेन्सी,जेठ ७ । लिभरपुलका खेलाडीले अब नयाँ ‘जर्सी’ लगाउने भएका छन् । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि ‘होम जर्सी’ सार्वजनिक गरेसंगै खेलाडीले नयाँ जर्सी पाएका हुन ।

लिभरपुलले सन् २०२१/२२ को लागि होम जर्सी सार्वजनिक गरेको हो । नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनको भन्दा केहि फरक बनाएको छ ।

लिभरपुलले नयाँ जर्सीको बिक्रि सुरु भएको समेत जनाएको छ । लिभरपुल यस सिजन उपाधि रक्षा गर्न असफल भएको छ ।

लिभरपुल यस सिजन लिगको चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्