‘मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो’



काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिले संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

‘संविधानको धारा ७६ ९३० अनुसार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई वा राजीनामा नगरी धारा ७६ ९५० लागु गर्नु र त्यसै अनुरूप राष्ट्रपति अगाडी बढ्नु संविधानको धज्जी उडाउनु मात्रै नभई मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो,’ उनले भने।

धारा ७६ ९५० को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घन्टा पनि समय नदिनुले षड्यन्त्र भएको प्रष्ट हुने नेता कोइरालाको भनाइ छ। सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भएपनि एकाएक २४ घन्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र बाहेक अरू केही हुन नसक्ने उनको दाबी छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्