भारतमा एकैदिन साढे दुई लाख संक्रमित, चार हजारको मृत्यु



एजेन्सी,जेठ ८ । भारतमा बितेको २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । त्यहाँका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार शनिबार दुई लाख ५७ हजार २९९ जना संक्रमित थपिएका हुन् ।

भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक छ । ती मध्ये २९ लाख २३ हजार ४०० जना अझै पनि संक्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । तर संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्