ल्होत्सेको चुचुरामा पुगिन् शर्मिला



काठमाडौ,जेठ ११ । विश्वका आठ हजार अग्ला १४ हिमाल आरोहण गर्ने अभियानमा रहेकी काभ्रेका शर्मिला तामाङले संसारका चौथो अग्ला हिमाल ल्होत्से आरोहण सम्पन्न गरेकी छिन ।

कोरोना महामारीको दोश्रो लहरसंगै सबै क्षेत्र ठप्प रहेको बेला पनि नेपालको पर्वतारोहण क्षेत्र भने चलाएमान रहेको अवस्थामा उनले नेपाली समय अनुसार जेठ ९ गते विहान ७ः३० बजे आरोहण सम्पन्न गरेकी हुन । उनीसंगै नेपाली महिलाहरु दावा याङजुम शेर्पा र निमा जाङमु शेर्पाले पनि ल्होत्से आरोहण गरेका छन् ।

उनले केही समय अगाडि बैशाख ३ गते मात्र नेपालको सबै भन्दा जोखिमपूर्ण हिमाल अन्नपूर्ण आरोहण गरेकी थिइन् । ल्होत्से आरोहणसंगै सर्वोच्च शिखर सगरमाथासहित आठ हजार माथिका चारवटा हिमाल आरोहण गरिसकेका छन् । अभियान अन्तर्गत अब उनले बाँकी दसवटा हिमाल चढ्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्