सुनको भाउ घट्यो, तोलाको कति?



काठमाडौ,जेठ १४ । नेपाली बजारमा सुनको भाउ घटेको छ । प्रति तोलामा ४०० रुपैयाँले घटेर शुक्रबार ९३ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसै गरी तेजाबी सुनको मूल्य भने प्रति तोला ९३ हजार ३०० रुपैयाँ रहेको छ ।

चाँदीको भाउ भने यथावत नै रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्