बालविकासका शिक्षकलाई १५ हजार तलब



काठमाडौ,जेठ १५ । सरकारले बालविकास शिक्षकलाई १५ हजार तलब पुर्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बाल विकासका शिक्षक शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराउने बताएका हुन ।

अर्थमन्त्री पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै बालविकासका शिक्षक र कार्यालय सहयोगीलाई तलब वृद्धि गर्ने बताएका हुन् ।

उनीहरुका लागि ८ हजार रुपैयाँ बृद्धि गरेको र बाकी नपुग रकम स्थानीय तहले बेहोर्ने गरी यसका लागि ५ अर्ब ५५ करोड बिनियोजन गरेको उल्लेख गरेका हुन ।

सरकारले बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको पनि उनले जानकारी दिए । सरकारले आधारभूत तहमा विद्यार्थी भर्नादर यस वर्ष सतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्