नुवाकोटको थान्सिङसहित विभिन्न क्षेत्र शहरी विकासमा रुपान्तरण हुने



नुवाकोट,जेठ १५ । जिल्लाको थान्सिङसहित विभिन्न क्षेत्र शहरी विकासमा रुपान्तरण हुने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यका क्रममा आगामी दुई वर्ष भित्र नुवाकोटको थान्सिङसहित विदुर,त्रिशुली करिडोर क्षेत्रलाई समेत शहरीकरण गर्ने उल्लेख गरेका हुन।

नुवाकोटका विभिन्न क्षेत्रसहित शहरी विकासका लागि आवश्यक बजेट ब्यवस्थापन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।

यसै वर्ष छहरे-टोखा सुरुङमार्ग निर्माण सुरु

काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्मको सुरूङ मार्गको निर्माणको काम यसै वर्ष सुरू गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

अर्थमन्त्री पौडेलले यसै वर्ष डिपिआर सकेर सुरूङको निर्माण सुरू गरिने बजेट वक्तव्यका क्रममा उल्लेख गरेका छन् ।

यसका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिदै मन्त्री पौडेलले नेपाल आधुनिक सडक सुरुङमार्ग युगमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्