भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला



एजेन्सी,जेठ १६ । हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस फेला परेको र निकै जोखिमपूर्ण भएको बताइएको छ ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाईरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले छन् । सन् २०१९ को डिसेम्बरमा कोभिड–१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए ।

भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ ।

नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण रहेको छ । कोरोना विरुद्ध बनेका खोपहरु फाइजर र एस्ट्राजिनिकाको दुबै डोज लगाएकाहरुलाई भारतीय भेरिन्यन्टले खासै धेरै असर नगरेको अध्ययनहरुले देखाएका छन् ।

यो नयाँ भेरियन्ट विरामीहरुलाई कति बढी खतरापूर्ण छ र खोपले कस्तो काम गर्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्