आजको सुनको मूल्य बढ्यो, तोलाको कति?



काठमाडौं,जेठ १७ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९४ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ५ रुपैँयाले बढेर प्रतितोला १३६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्