जंगलमा मृत भेटिए दिदीबहिनी



दैलेख,कात्तिक ९ । दैलेखमा दिदीबहिनी नाताका दुई बालिका जंगलमा मृत अवस्थामा फेला परेका छन्।

१३ र १४ वर्षका ती बालिकाको शव सोमबार बिहान भगवतीमाई गाउँपालिका–४ स्थित घरनजिकैको जंगलमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुवै बालिका आइतबार राति एउटै घरमा सँगै सुतेका थिए। राति घरबाट निस्किएका उनीहरू सोमबार बिहान घरभन्दा केही पर जंगलमा मृत अवस्थामा भेटिएका हुन्।

घटनाको कारण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्