एमाले फुटाउन खोज्ने काङ्ग्रेस भएको मन्त्री ढकालको आरोप



काठमाडौ,जेठ १७ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले कांग्रेसले एमाले र जसपालाई फुटाउनका लागि प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।

एक सञ्चारमाध्यमसँगको कुराकानीमा मन्त्री ढकालले प्रधानमन्त्री बन्न भन्दा एमाले र जसपा फुटाउने नियतले कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा दाबी गरेको आरोप लगाएका हुन् ।

दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन लिएर प्रधानमन्त्री बन्छु भन्नु नै अलोकतान्त्रिक भएको उनको तर्क थियो। ‘आगामी आम निर्वाचनमा जसपा र एमालेलाई विभाजन गर्न आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टीहरु विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरु पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने काम गलत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्