बजेट कार्यान्वयनको जिम्मा सरकारले लिन्छ : अर्थमन्त्री



काठमाडौं,जेठ १८ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनको जिम्मा सरकारले लिने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/ ७९ को बजेटका विषयमा सोमवार गरेको छलफलमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन हुने भएकाले कुनै शंका नगर्न पनि भनेका छन् । 

साथै उनले संविधानको प्रावधान अनुसार नै बजेट आएको र कार्यान्वयन भएरै छाड्ने पनि बताए । उनले भने, ‘सरकारले जसरी बजेट बनायो, कार्यान्वयन त्यसैगरी हुन्छ, द्विविधा नराख्नुस ।’

उनले विभिन्न मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गरी बजेट कार्यान्वयनलाई तीव्रता दिने तयारी गरिरहेको पनि बताए । उनले निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन हुने बताएका छन् । 

उनले बजेटबारे अहिले विरोधका लागि मात्र विरोध भइरहेको भन्दै तथ्यमा रहेर विरोध गर्ने कुनै विषय विपक्षीसँग नरहेको दाबी गरे । उनले रहरका कारण नभई परिस्थितिले चुनावमा जानुपरेको भन्दै  सरकारले बजेट ल्याउनु पर्ने नियमित अभिभाराबाट अलग बस्न नमिल्ने पनि बताए ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्