सुनचाँदीको मूल्य प्रतितोला कतिमा हुँदैछ कारोबार?



काठमाडौं, जेठ १९ । नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । मंगलबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बुधबार पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मुल्य भने आज १० रुपैयाँले घटेको छ ।

महासंघको अनुसार आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्