उपचारमा आर्थिक अभावका कारण झोरका कृष्ण महर्जनको जीवन कष्टकर, सहयोगको अपिल



झोर,जेठ २५ । उपचारमा आर्थिक अभावका कारण झोरका कृष्ण महर्जनको जीवन कष्टकर बन्दै गएको छ। गत माघदेखि क्षयरोगबाट ग्रसित महर्जनलाई सुरुमा टन्सिल भएको थियो। टन्सिल बढ्दै गएपछि सात महिनादेखि खाना खान नसकेका उनको शरीर सुक्दै गएको छ।

हाल काठमाडौस्थित वीर अस्पतालमा उपचाररत कृष्णलाई थप उपचारार्थ आर्थिक अभाव देखिएको छ।पैसा अभावले सोचेको र डाक्टरले भने बमोजिम चेक जाँच गर्न नपाएको गुनासो उनकी श्रीमती सम्झना तामाङ महर्जनले गुनासो गरिन। ‘आर्थिक अभावमा औसधि समेत किन्न सकिएन’ कृष्ण भन्छन् -‘परिवारको लालनपालन गर्ने नै मै हु मलाई बचाउनुस, म बाच्न चाहान्छु।’

कृष्णलाई पछिल्लो समयमा हालै सुत्केरी अवस्थाकी पत्नी सम्झना र बृद्धअबश्थाका आमा स्याहारको जिम्मेवारी समेत बढ्दै गएको थियोे । सहयोगी मनहरुले कृष्ण महर्जनको मोबाइल नम्बर ९८०८८३८२३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

क्षयरोगका कारण सुक्दै गएको कृष्ण

कृष्णको पछिल्लो स्वास्थ्य अवस्थाको साझापथले तयार पारेको भिडियो रिपोर्ट:-

प्रतिक्रिया दिनुहोस्