इलाममा जीप दुर्घटना हुँदा चालकको मृत्यु
इलाम,कात्तिक ९ । इलाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दुर्घटनामा देउमाई नगरपालिका–१, चमैताका २१ वर्षीय चालक विपिन दियालीको मृत्यु भएको हो।
चमैतास्थित चौरीबजारतर्फ जाँदै गरेको जीप आफैँ अनियन्त्रित भई सडकबाट खस्दा चालक दियालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

