नुवाकोट लिखुको काल्छेभिरमा सुख्खा पहिरो, सात घर जोखिममा
नुवाकोट,कात्तिक ९ । लिखु गाउँपालिका–३ स्थित काल्छेभिरमा सुख्खा पहिरो खस्दा मिजार टोलका सात घर जोखिममा परेका छन्। पहिरोका कारण गाउँपालिका तथा वडा कार्यालय जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोमबार बिहान गएको पहिरोले बस्ती जोखिममा परेको लिखु गाउँपालिका–३ का वडाध्यक्ष सीताराम पुलामी मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार जोखिममा रहेका सात घरपरिवारलाई सोमबार नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ। सडक अवरुद्ध भएपछि गाउँपालिका तथा वडा कार्यालय आवतजावतमा समेत समस्या भएको छ।

